पेनाल्टी सुटआउटमा स्विट्जरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा

NEWS
Spread the love

युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत स्पेन सेमिफाइनलमा प्रवेश गरेकको छ ।

तीन पटकको च्याम्पियन स्पेन १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

रुसमा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

पेनाल्टी सुटआउटमा स्पेनले बाजी मार्यो ।

निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा १० खेलाडी सम्मिलित स्विट्जरल्यान्डको दुई प्रहार स्पेनी गोलरक्षक उनाइ सिमोनले बचाएपछि स्पेन अन्तिम चारमा पुगेको हो ।

खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाएर आक्रमण बुनेको स्पेनले आठौं मिनेटमा नै अग्रता लिएको थियो ।

काउन्टर अट्याकमा केहि अवसर पाएको स्विस टोलीका लागि मुख्य फरवार्ड ब्रिल एम्बोलो घाइते हुँदा थप असर परेको थियो ।

स्विस टोलीले काउन्टरमा केहि अवसर सिर्जना गरेपनि स्पेनिस गोलरक्षकलाई खासै समस्या दिन सकेन ।

दोस्रो हाफमा स्पेनले एकपछि अर्को आक्रमण बुनेपनि संयमित स्विस डिफेन्सले गोलरक्षकलाई खासै समस्या दिएन ।

स्पेनका सेन्टर डिफेन्डरबीच तालमेल नमिल्दा पेनाल्टी क्षेत्रभित्र स्विट्जरल्यान्डले बल पोसेसन पाएपछि कप्तान जेर्दान शकिरीले टोलीलाई अग्रता दिलाएका थिए ।

तर अन्तिम समयमा असिस्ट दिएका रेमो फ्रुएलर नै रातो कार्ड खाएपछि स्विट्जरल्यान्ड दबाबमा रहयो ।

अतिरिक्त समयमा गोलरक्षक सोमरले लगातार बचाउ गर्दै खेल बराबरीमा नै राखेका थिए ।

दोस्रो हाफमा पनि स्वीस डिफेन्सले लगातार स्पेनको आक्रमणलाई विफल पार्दै खेल टाइब्रेकरमा लग्न सफल भयो ।

टाइब्रेकरमा स्पेनले पहिलो प्रहार चुकाउँदै सोमरले अर्को बचाउ गरेपनि स्विट्जरल्यान्डका तीन खेलाडीले गोल गर्न नसक्दा स्पेन ३-१ ले विजयी भयो ।

टाइब्रेकरमा स्पेनका लागि कप्तान सर्जियो बुस्केट्सले पहिलो प्रहार नै पोस्टमा प्रहार गरेका थिए ।

गोलरक्षक सोमरले विपरित दिशामा डाइभ दिएपनि बुस्केट्सको प्रहार गोल हुन सकेन ।

स्विट्जरल्यान्डका मारियो गभ्रानोभिचले पहिलो पेनाल्टीमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए ।

स्पेनका ड्यानी ओल्मोले दोस्रो प्रहारमा गोल गरेपछी फाबियन सेरको प्रहारलाई गोलरक्षक उनाइ सिमोनले बचाए ।

सेरले दायाँतर्फ गरेको प्रहारलाई सिमोनले सहजै बचाए ।

स्पेनका लागि तेस्रो प्रहार गर्न आएका रोड्रीको पेनाल्टी विफल पार्दै सोमरले स्विट्जरल्यान्डलाई पुन: अघि बढ्ने अवसर दिए ।

तर म्यानुएल अकान्जीको प्रहारलाई सिमोनले अघिल्लो बचाऊझैं दायाँतर्फ नै डाइभ दिँदै खेल बराबरीमा राखे ।

जेरार्ड मोरेनोले स्पेनका लागि चौथो प्रहार टप कर्नरमा गोल गरेपछि स्पेन अघि बढ्यो ।

चौथो प्रहारमा स्विस टोलीका रुबेन भार्गासको प्रहार बाहिरीपछि स्पेनले खेल जित्ने अवसर पाएको थियो ।

मिकेल ओयाराज्बलले पाँचौ पेनाल्टीमा गोल गर्दै स्पेनलाई अन्तिम चारमा प्रवेश गराए ।

उनको प्रहारमा गोलरक्षक सोमर विपरित दिशामा डाइभ दिएपछि स्पेन खेल जित्न सफल रहयो ।

अब स्पेनले युरोको सेमिफाइनलमा इटाली र बेल्जियमको विजेतासँग खेल्नेछ

यो दोस्रो क्वाटरफाइनल खेल आज मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

त्यसअघि खेलको आठौं मिनेटमा नै स्पेनले अग्रता लिएको थियो ।

कर्नरमा कोकेको प्रहार पेनाल्टी क्षेत्रमा रहेका सबैलाई बिट गर्दै गएपछि पेनाल्टी क्षेत्र बाहिर रहेका जोर्डी अल्बाले गरेको प्रहार गोल भएको थियो ।

उनको प्रहार स्विट्जरल्यान्डका डेनिस जाकारियालाई लाग्दै पोस्टतर्फ गएपछि गोलरक्षक यान सोमरले उक्त प्रहार रोक्ने कुनै अवसर नै पाएनन् ।

१७ औं मिनेटमा कोकेको फ्रिकिक प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो ।

२५ औं मिनेटमा कोकेकै कर्नरमा सेजार एज्पिलीक्वेटा हेडरलाई सोमरले सहजै बचाए ।

३४ औं मिनेटमा कप्तान जेर्दान शाकिरीको कर्नरमा म्यानुएल अकान्जीको हेडरले पोस्टको दिशा लिन सकेन ।

३९ औं मिनेटमा शकिरिकै कर्नरमा विडमरले बलसँग राम्रो सम्पर्क गर्न नसक्दा स्विस टोलीले खेलमा फर्कने अवसर गुमायो ।

दोस्रो हाफमा स्पेनले ६८ औं मिनेटमा बराबरी गोल फर्कायो ।

स्पेनका सेन्टर डिफेन्डर द्वय पाउ टोरेस र एमेरिक लापोर्टबीच तालमेल नमिल्दा फुस्किएको बल फ्रुएलरले नियन्त्रणमा लिँदै शाकिरिलाई खेलाएका थिए ।

कप्तान शाकिरीले आफ्नो समय लिँदै गरेको फिनिस गोल भएपछि खेल बराबरीमा आएको थियो ।

अग्रता लिएको १० मिनेट नबित्दै स्विट्जरल्यान्ड १० खेलाडीमा सिमित भयो ।

फ्रुएलरले जेरार्ड मोरेनोलाई गरेको ट्याकलमा रेफ्री माइकल ओलिभरले सिधै रातो कार्ड देखाएपछि स्विस टोली दबाबमा परेको थियो ।

स्पेनले त्यसपछि आक्रामणमा थप जोड दिएपनि सोमरले दुई राम्रो बचाउ गर्दै खेल अतिरिक्त समयमा पुर्याए ।

सोमरले अतिरिक्त समयमा लगातार बचाउ गर्दै स्पेनलाई अग्रता लिन दिएनन् ।

९६ औं मिनेटमा मिकेल ओयाराज्बलको प्रहारलाई उनले पोस्टमाथि पन्च गरिदिए ।

१ सय १ औं मिनेटमा पनि ओयाराज्बलको प्रहारमा सोमर नै बाधक बनेका थिए ।

त्यसको दुई मिनेटपछि ओयाराज्बलकै उत्कृष्ट प्रहारलाई सोमरले डाइभ दिँदै बाहिर पठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *