पोर्न भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेकी अभिनेत्री तथा मोडल गहना वशिष्ठ रिहा भएकी छन् ।
पाँच महिना पहिले अर्थात ६ फेब्रुअरीमा गिरफ्तार भएकी गहना अहिले रिहा भएकी हुन् ।
उनलाई दिन्डोशी सेशन कोर्टले जमानत दिएको हो ।
कोरोना र लकडाउनले कोर्ट बन्द भएको कारण उनको जमानतमा ढिला भएको हो ।
उनी शुक्रबार रिहा भएको बताइएको छ ।
गहना स्ट्रगल अभिनेत्रीलाई कामको लोभ देखाएर पोर्न भिडियो छायाँकन गर्ने गर्दिनथिन् ।
उनी त्यसरी काम गर्दा एक फिल्मको १५ देखि २० हजार दिने गर्छिन् ।
पुलिस अधिकारीका अनुसार गहनालाई ६ फेब्रअरीमा गिरफ्तार गरेर ७ फेब्रअरीमा अदालतमा पेस गरिएको थियो ।
वशिष्ठले ८७ अश्लिल, पोर्न भिडियो बनाएकी छन् ।
त्यसलाई आफ्नो वेबसाइटमा अपलोड समेत गरेकी छन् । जुन हेर्न सदस्यताको आवश्यक पर्दछ ।
त्यो हेर्न उनको च्यानलको सदस्यता पनि लिनुपर्छ ।
त्यसका लागि दुई हजार रुपैया चार्ज राखिएको छ ।