दाँत चम्किलो बनाउने पाँच उपाय

LIFESTYLE
Spread the love

सुन्दर, सेतो र चम्किलो दाँतले अनुहारको सुन्दरतालाई अझै बढाउँछ ।

दाँत पहेँलो भयो भने यसले सुन्दरतामा कमि ल्याउँछ ।

दाँत कमजोर भएमा वा कालो, पहेँलो देखिएमा बोल्न र हाँस्नमा पनि समस्या हुन आउँछ ।

दाँत सेतो र चम्किलो भएन भने लज्जाबोध पनि गर्नुपर्ने हुन्छ ।

दाँत पहेँलो भएको समयमा कसरी यसलाई सेतो र चम्किलो बनाउने त ?

यसका लागि घरेलु उपायहरु पनि अवलम्बन गर्न सकिन्छ ।

१. तोरीको तेल र बिरे नुन

तोरीको तेल र बिरे नुन मिसाएर दाँतमा लगाउँदा पहेँलोपन र पायरियाको समस्या कम हुन्छ ।

बिरे नुनमा एन्टिब्याक्टेरियल गुण पाइन्छ ।

साथै, यसमा आइरन, आयोडिन, फस्फोरस, पोटाािशयम, क्रोमियम, लिथियम, सोडियम र क्लोराइड जस्ता तत्वहरु पाइन्छन् ।

यसले मुख ताजा राख्ने काम गर्छ ।

२. तोरीको तेल र अंगार

दाँतमा कालोपन र पहेँलोपन आएमा अंगार र तोरीको तेल मिसाएर दाँत माझ्ने गर्नुपर्छ ।

अंगारको सानो टुक्रा लिने र यसमा थोरै तोरीको तेल मिसाएर हल्का हल्का माझ्ने गर्दा दाँत सेतो हुँदै जान्छ ।

३. तोरीको तेल र बेसार

बेसारमा ब्याक्टेरिया मार्ने शक्ति हुन्छ ।

बेसारको धुलोमा तोरीको तेल मिसाएर दाँतमा लगाउँदा पहेँलोपन हराउँदै जान्छ ।

४. तोरी तेल र मनतातो पानी

तोरीको शुद्ध तेलमा केही थोपा तातो पानी हालेर दाँत माझ्ने गर्दा दाँतको पहेँलोपन हराउँदै जान्छ ।

यसको २ देखि ३ मिनेटसम्म मुख कुल्ला गर्दा गिजा, दाँतको दुखाई, पहेँलोपन र कमजोरी हराउँदै जान्छ ।

५. तोरीको तेल र बेकिन सोडा

तोरीको तेल र बेकिन सोडा मिसाएर कुल्ला गर्दा दाँत सफा हुन्छ ।

सोडालाई सोडियम कार्बोनेटको रुपमा पनि लिन सकिन्छ ।

धेरै समय सोडाको प्रयोग भने गर्न हुँदैन ।

हप्तामा १ वा २ पटक मात्रै यसको प्रयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *