एजेन्सी । मैदानमा लडेर अचेत भएका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनको स्वास्थ्यमा सुधार आएको छ ।
उनलाई अस्पताल भर्ना गरिएको छ ।
उनको स्वास्थ्यमा सुधार आएसँगै डेनमार्कका नागरिक तथा विश्वभरका फुटबलप्रेमी निकै खुशी भएका छन् ।
मिडफिल्डर क्रिस्टियन एरिक्सन होसमा आएका छन् । यूईएफएले एरिक्सन होसमा आएको र अस्पताल लागिएको जानकारी दिएको छ ।
बल उनको स्थानसम्म नआउँदै एक्कासी ढलेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए ।
झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो ।
उनी मैदानमा लडेपछि डेनमार्कका समर्थक, विपक्षी टिमका समर्थक तथा फुटबल खेलाडीहरु नै रोइरहेका थिए ।
युरोपेली च्याम्पियनसिप अन्तर्गत डेनमार्क र फिनल्याण्ड बीच (समूह बी) को खेल जारी रहँदा पहिलो हाफमा नै उनी मैदानमा ढलेका थिए ।
त्यसपछि खेल नै रोकिएको थियो ।
पहिलो हाफको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए ।
बल उनको स्थानसम्म नआउँदै एक्कासी ढलेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए ।
झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो ।
डेनमार्कका खेलाडी निकै चिन्तामा देखिन्थे भने केही खेलाडीको आँसु समेत झरेको थियो ।
यो पढ्नुभयो ?
मिडफिल्डर मैदानमै ढलेपछि रोकियो खेल, पहिले पनि भएको थियो यस्तो ?
फुटबलमा यस्तो घटना पहिलो पटक भएको भने होइन ।
यसअघि सन् २०१२ मा यस्तै घटनामा बोल्टोन वान्डरर्सका फाब्रिस मुआम्बा मैदानमा एक्कासी लड्दा ७८ मिनेटसम्म मुटुको धड्कन रोकिएपछि पनि ठिक भएका थिए ।
उनले खेल करिअरबाट भने त्यसपछि सन्यास लिए ।
युइएफएले यसबारे केहीबेरमा नै औपचारिक धारणा सार्वजनिक गर्नेछ ।