नेपाल फाइनान्सको दोश्रो विशेष साधारण सभा सम्पन्न, ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने

BUSINESS

काठमाडौं । नेपाल फाइनान्स लिमिटेड Nepal Finance Limited (NEFINSCO) को दोश्रो विशेष साधारण सभा सम्पन्न भएको छ ।

कोभिड महामारीका बीच सम्पूर्ण शेयरधनीहरुको भौतिक तथा (भर्चुअल) माध्यमबाट शुक्रबार संस्थाको केन्द्रिय कार्यालय कमलादीमा विशेष साधारण सभा सम्पन्न भएको हो ।

सभामा प्राध्यापक हिरेन्द्रमान प्रधान (Prof. Mr. Hirendra Man Pradhan) राष्ट्रिय योजना आयोगको सदस्य भइसक्नुभएका प्रा. हिरेन्द्र मान प्रधान – अध्यक्ष), चन्द्रकुमार राई (Mr. Chandra Kumar Rai), दिप्रश शाक्य (Mr. Diprash Shakya), राजन प्रजापती (Mr.Rajan Prajapati), रोजीना श्रेष्ठ (Mrs. Rojina Shrestha), लक्ष्मी महर्जन (Mrs. Laxmi Maharjan) तथा स्वतन्त्र संचालक आनन्द कृष्ण ताम्राकार (Mr.Ananda Krishna Tamrakar) लगायत आधारभुत शेयरधनीहरुको उपस्थिति थियो ।

विशेष साधारणसभाबाट नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने बिशेष प्रस्ताव पारित भएको छ ।

साथै प्राप्ति (एक्विजिसन) गरिसकेपछि संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, हेरफेर तथा उपयुक्त ब्यवस्था गर्न र नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम लगत कट्टा, आबश्यक संशोधन/परिमार्जन लगायतका कागजातहरु तयार गर्ने विवरण उपलब्ध गर्न गराउन लगायतका कार्य गर्न नेपाल फाइनान्स लिमिटेडको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने जस्ता महत्वपूर्ण प्रस्तावहरु पारित भएको छ ।

विशेष साधारण सभामा छलफलको मुख्य प्रस्ताव नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धी रहेकोमा संस्थाका संचालक एवम् संयुक्त प्राप्ति समितका संयोजक दिप्रश शाक्य (Mr. Diprash Shakya) ले स्वागत मन्तब्य राख्दै संयुक्त प्राप्ति समितिले सम्पादन गरेका मुख्य कार्यहरुको बारेमा समेत प्रकाश पार्नुभएको थियो ।

Diprash Shakya
Diprash Shakya

वि.स. २०४९ सालमा स्थापना भएको निजी क्षेत्रको पहिलो फाइनान्स कम्पनीले स्थापनाकालदेखि हालसम्म आफ्नो छुट्टै इतिहास बोकेको बताउँदै दिप्रश शाक्य (Mr. Diprash Shakya) ले कम्पनीको हालसम्मको यात्रामा विभिन्न प्रकारका सफलताका साथै कडा कठिनाईको चुनौति समेत सामाना गर्दै अघि बढिरहेको उल्लेख गर्नुभयो ।

सभामा शेयरधनीहरुले उठाएका जिज्ञासाको समाधान संस्थाका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधान र प्रमुख कार्यकारी अधिकृत उद्धबराज थपलियाले गर्नुभएको थियो भने सभाको सञ्चालन सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतमले गर्नुभएको थियो ।

सभामा शेयरधनीहरुले समस्याग्रस्तबाट फुकुवा भएको छोटो समयमा नै संस्थाले खराब कर्जा असुलीमा उल्लेखनीय प्रगति गरेको, शाखा सञ्जाल विस्तार गरेको, ललितपुर फाइनान्सलाई प्राप्ति गर्न सफल भएकोले संस्थाको सफलताको लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा लगानीकर्तालाई नाफा वितरण गर्न सक्ने सफलता प्राप्त गरोस भन्ने शुभकामना दिएका थिए ।

हाल संस्थाले डिजिटल बैंकिङ्ग सम्बन्धी सम्पूर्ण पूर्वाधार तयार पारिसकेको, IPS को शुरुवात गरिसकेको र Debit Card पनि २०७८ आषाढ भित्रै संचालन गरिसक्ने गरी तयारी गरिसकेको, आन्तरिक व्यवस्थापनमा सवलिकरण गर्ने, संचालन जोखिमलाई न्यूनिकरण गर्ने उपायहरु समेत अवलम्वन गरिएको छ ।

अबका दिनहरुमा संस्थाको सम्पत्तिको गुणस्तरमा वृद्धि गर्दै लैजाने योजना रहेको र जसको लागि संयुक्त कारोबार पश्चात् खराब कर्जा असूलीलाई Special Recovery Team गठन गरिने र संस्थाको कर्मठ तथा इमान्दार कर्मचारीलाई विभिन्न समयमा तालिम गोष्ठीको व्यवस्थापन गरी क्षमता अभिवृद्धि गरिदै लगिएकोप्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले जानकारी दिनुभयो ।

संस्थाले आफ्ना ग्राहकवर्गको हितलाई संरक्षण गरी विश्वसनीय तथा गुणस्तरीय सेवा प्रदान गर्दै संस्थाको प्रगतिमा कार्यरत रहने आफ्ना शेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्दै जाने समेत उहाँले प्रतिवद्धता जनाउनुभयो ।

संस्थाको प्रगति तथा समृद्धिका लागि हामीले गरेका क्रियाकलापहरुमा समय–समयमा प्राप्त राय सुझावहरुलाई आत्मसाथ गर्दै यस संस्थासंग संवद्ध नियमनकारी निकायहरु, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल सरकार, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सि.डि एस एण्ड क्लियरीङ लि. शेयर रजिष्ट्रार, सम्पूर्ण सञ्चार जगत, अन्य संघ संस्थाहरु तथा विषेश गरी ग्राहकवर्ग प्रति नेपाल फाइनान्स लिमिटेडले हार्दिक आभार व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *