मोरङ । कोरोना भाइरसको दोश्रो लहर शुरु भएसँगै देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी छ ।
लामो समय निषेधाज्ञा जारी रहँदा दैनिक श्रम गरेर जिविकोपार्जन गर्ने तथा न्युन आय भएका नागरिकहरुलाई छाक टार्नै समस्या भइरहेको छ ।
यही समस्यालाई मध्यनजर गर्दै नेपाल तरुण दल सुन्दरहरैँचा राहत वितरणमा जुटेको छ ।
नेपाली काँग्रेसको युवा दस्ता तरुण दलको सुन्दरहरैँचा समितिले कोरोना महामारीकोले जनजीवन अस्तव्यस्त बनाएको बेला निषेधाज्ञामा आम्दानी गुमाएर चुल्हो बाल्न समस्या भएका नागरिकहरुलाई लक्षित गरी खाद्यान्न वितरण शुरु गरेको हो ।
कोरोनाको दोश्रो लहर तीव्र रुपमा फैलिरहेको बेला नेपाल तरुण दल सुन्दरहरैँचाले नगरभरीका सबै वडाका संक्रमितहरुको घर स्यानिटाईज गर्ने, सबै वडामा माक्स तथा स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गर्ने तथा सुन्दरहरैँचा नगरभर रहेका विपन्न वर्गका सात सय भन्दा बढी परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञामा तरुण दल सुन्दरहरैँचाले स्वास्थ्य सचेतना जगाउनुका साथै मानवीय सेवा तथा राहत वितरण जारी राखेको समेत जनाएको छ ।
नगरका सबै वडाहरुमा हाल सम्म सात सय भन्दा बढी घरपरिवारलाई चामल, दाल, नुन, तेल, साबुन लगायतका सामाग्री वितरण गरिएको र दैनिक श्रम गर्न नपाएर चुल्हो बाल्न समस्या भएकाहरुलाई पहिचान गरी आगामी दिनमा समेत राहत वितरण कार्य जारी राख्ने जानकारी नेपाल तरुण दल सुन्दरहरैँचा नगरका अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिए ।
मुलुक र जनता कठिन अवस्थामा हुँदा नेपाल तरुण दल मुकदर्शक भएर बस्न नसक्ने उल्लेख गर्दै जनताका समस्या समाधानमा तरुण दल सुन्दरहरैँचा सदैव लागिपर्ने अध्यक्ष श्रेष्ठले बताए ।
नेपाल तरुण दल सुन्दरहरैँचाले निषेधाज्ञा जारी भएदेखि नै सुरुवात गरेको अभियानप्रति चिकित्सक तथा युवा अभियन्ता डा. देवराज घिमिरेले धन्यवाद ज्ञापन गरेका छन् ।
सुन्दरहरैँचाका सबै वडामा नेपाल तरुण दलले राहत वितरण गर्नुका साथै स्यानिटाइज गर्ने, मास्क वितरण गर्ने, जनचेतना फैलाउने लगायतका सामाजिक काम गरेको डा. घिमिरेले जानकारी दिए ।
https://www.facebook.com/dev.r.ghimire/posts/10219637287108395