काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा !

NEWS
Spread the love

काठमाडौं । उपत्यका प्रशासनले फेरि एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ ।

निषेध गरिएका केही प्रावधान हटाएर एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।

मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले एक साता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको छ ।

अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिने पनि भनेको छ ।

यद्यपि, यस विषयमा अन्तिम निर्णय भइनसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

उनले भने, ‘आज उपत्यकाको अवस्थाबारे छलफल भयो, पर्सिसम्म समय भएकाले निर्णय चाहिं भइसकेको छैन, यो विषय अब भोलि टुंगिन्छ ।’

कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै उपत्यकामा निषेधाज्ञा लगाइएको एक महीना पूरा भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *