१५ करोडभन्दा बढी हेरियो कुटुमा कुटु, यी हुन् TOP 10 SONG

ENTERTAINMENT
Spread the love

काठमाडौं । नेपाली फिल्म ‘२ रुपैयाँ’को गीत ‘कुटमा कुटु…’ ले भिडियो साझेदारी साइट युट्युवमा सर्वाधिक पटक हेरिने नेपाली गीतको कीर्तिमान राखेको छ ।

मंगलबारसम्म १५ करोड एक लाखभन्दा बढी पटक यसलाई हेरिएको छ ।

नेपाली र गैरनेपाली दर्शक तथा श्रोताबीच पनि लोकप्रिय बनेको यो गीतमा राजनराज शिवाकोटीले संगीत भरेका हुन् ।

दोस्रो स्थानमा टीका प्रसाइँले गाएको ‘माया लुकलुकी’ छ जसलाई १० करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ ।

अहिलेसम्म युट्युवमा १० करोडभन्दा बढी पटक हेरिएका यी दुई गीत हुन् ।

स्वस्तिमा खड्का, निश्चल बस्नेत र आसिफ शाह फिचर्ड गीत ‘कुटुमा कुटु’ गीतका विदेशी भर्सन पनि रिलिज भएका थिए ।

टीकटक लगायतका सामाजिक सञ्जालमा हिट बनेको यो गीतमा टन्नै कभर गीत पनि निर्माण भएका थिए ।

यी हुन् TOP 10 SONG (१८ जेठसम्मको तथ्यांक)

१) कुटुमा कुटु – १५ करोड एक लाख ४० हजारभन्दा बढी

२) माया लुकुलुकी – १० करोड ६० लाख ७२ हजारभन्दा बढी

३) पिरिम नलाउने – ७ करोड ८२ लाख ५४ हजारभन्दा बढी

४) साली मन पर्‍यो – ७ करोड ४१ लाख १४ हजारभन्दा बढी

५) सालको पात टपरी – ६ करोड ९८ लाख ३२ हजारभन्दा बढी

६) गोजीमा दाम छैन – ६ करोड ९६ लाख २५ हजारभन्दा बढी

७) नाच फिरिरी – ६ करोड ८८ लाख ३९ हजारभन्दा बढी

८) माया बिरानी – ६ करोड ५८ लाख १८ हजारभन्दा बढी

९) कसरी कसरी २ – ६ करोड ३७ लाख ५८ हजारभन्दा बढी

१०) फुलबुट्टे सारी – ५ करोड ७१ लाख ७४ हजारभन्दा बढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *