रहेनन् विवेकशील पार्टीका संस्थापक उज्ज्वल थापा

NEWS
Spread the love

काठमाडौं । विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल पाको निधन भएको छ ।

साझा विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले आज अपरान्ह ४ः२५ बजे उपचारका क्रममा थापाको निधन भएको जानकारी दिएका छन् ।

कोरोना संक्रमित थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो ।

भेन्टिलेटरमा राखेर इक्मो प्रविधिबाट उपचार भइरहे पनि स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

दुई साताअघि कोरोना संक्रमित बनेका थापाको यसअघि ग्राण्डी अस्पतालमा उपचार भएको थियो ।

तर, भेन्टिलेटरमा राख्दा पनि अक्सिजन लिन कठिनाइ भएपछि इक्मो प्रविधिका लागि मेडिसिटीमा सारिएको थियो ।

सोमबार गरिएको पीसीआर परिक्षणमा नेगेटिभ रिपोर्ट आए पनि थापाको स्वास्थ्य सुधार हुन सकेन ।

उनको छातिमा संक्रमण अत्यधिक फैलिएको थियो ।

थापाकोे स्वास्थ्यलाभका लागि सिंगै देशले प्रार्थना गरेको थियो ।

जनताले स्वतस्र्फुतरुपमा आर्थिक सहयोग पनि गरेका थिए ।

तर, धेरै युवाहरुका प्रिय नेतालाई कोरोनाले चुँडेको छ ।

थापाले नेपालमा वैकल्पिक राजनीतिको उद्देश्य राखेर विवेकशील नेपाली दल स्थापना गरेका थिए ।

पछिल्लोसमय उनले मिलन पाण्डेलाई नेतृत्व हस्तान्तरण गरेका थिए ।

अहिले विवेकशील र साझा पार्टी एकीकरण भएर साझा विवेकशील पार्टी बनेको छ ।

थापा ४४ वर्षका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *