सागरको ‘संघर्ष’ : युवालाई प्रेरित गर्ने यस्तो छ भिडियो

ENTERTAINMENT
Spread the love

गायक सागर कुवँरले ‘संघर्ष’ बोलको र्‍याप गीत सार्वजनिक गरेका छन् ।

भरतपुरका सागर विगत ५ वर्षदेखि अस्ट्रेलियामा बसोबास गरिरहेका छन् ।

मानिसले संघर्ष गर्ने क्रममा भोगेका पीडालाई प्रेरणाका रुपमा लिनुपर्ने सन्देश उनले यस गीतबाट प्रवाह गर्न खोजेका छन् ।

सपना पूरा गर्नका लागि संघर्ष अनिवार्य रहेकाले यसबाट विचलित हुन नहुने सन्देश उनले भिडियोमार्फत पनि दिएका छन् ।

गीतको भिडियो काठमाडौं आएको एक व्यक्तिको संघर्षमा केन्द्रित छ ।

भिडियोको सम्पादन तथा निर्देशन अनुप राईले गरेका हुन् ।

त्यस्तै, गीतको मिक्सिङ र मास्टरिङ मिस्ट चाम्ब्लिङले गरेका छन् ।

भिडियोमा सागर कान्छोले अभिनय गरेका छन् भने डिओपी रविन लामाले कलरिस्टको काम समेत गरेका छन् ।

त्यस्तै, हिमाल खड्का र कर्मा लामाले गीतको छायाँकन गरेका छन् ।

यस भिडियोमा मेकअपको काम मन्जिला मानन्धरले गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *