बाँधेर खैरेको हत्या : दुवै पक्षविरुद्ध अनुसन्धान हुने, माइतीघरमा प्रदर्शन

SOCIETY

काठमाडौं । कुकुरलाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल–४, २८ किलोमा कुकुरलाई कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले १८ चैतमा भएको घटनाबारे जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले अनुसन्धान गरिरहेको बताए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानमा ८ वर्षको बालकलाई कुकुर (खैरे) ले टोकेपछि दुईजनाले कोदालो र फलामको रडले टाउकोमा प्रहार गरेको देखिएको छ ।

घटनापछि पशु अधिकारकर्मीले बच्चाको घरमा समेत तोडफोड गरेको पाइएको काभ्रे प्रहरीले जनाएको छ ।

त्यसैले दुवै पक्षविरुद्ध मुद्दा चलाउने प्रहरी तयारी छ ।

पशु अधिकारकर्मीहरुले कुकुर मार्नेविरुद्ध कारबाही गर्न भन्दै बुधबार माइतीघरमा प्रदर्शनसमेत गरेका छन् ।

कुकरको हत्या भएको भन्दै २९ चैतमा नेशनल एनिमल रिसर्च सेन्टरले प्रहरीमा जाहेरी दिएको थियो ।

माइतीघरमा प्रदर्शन

यसैबीच, काभ्रेमा कुकुर मारेको विरोधमा काठमाडौंको माइतीघरमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।

बालकलाई टोकेको भन्दै स्थानीयले खैरे कुकुर मारेको विरोधमा अधिकारर्कीले प्रदर्शन गरेका हुन् ।

उनीहरुले खैरे कुकुरको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग गरेका छन् ।

कुकुरसहित गरिएको प्रदर्शनमा जनावरलाई बर्बर यातना नदिन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *