ब्युटी कन्टेस्टमा लफडा, सुन्दरी पक्राउ (भिडियो)

ENTERTAINMENT

श्रीलंकामा ब्युटी कन्टेस्ट प्रतियोगितामा भएको विवादपछि कोलम्बो प्रहरीले वर्तमान मिसेज वर्ल्ड श्रीलंकालाई पक्राउ गरेको छ ।

मिसेज वर्ल्ड श्रीलंका क्यारोलिन जुरीमाथि आरोप छ कि, उनले विजेताको शिरबाट जबरजस्ती ताज उतार्ने कोशिश गरिन् जसका कारण नयाँ मिसेज श्रीलंकाको शिरमा गम्भीर चोट लाग्यो ।

आइतबार भएको कन्टेस्टमा क्यारोलिन जुरीले मिसेज श्रीलंका चयन भएपछि पुष्पिका डि सिल्भाको शिरबाट विनरको ताज  तानेर निकाल्ने प्रयाश गरेकी थिइन् ।

क्यारोलिन जुरी अघिल्लो वर्ष मिसेज श्रीलंका भइसकेकी सुन्दरी हुन् ।

ताज निकाल्दा चोट लागेपछि पुष्पिका डि सिल्भा उपचारको लागि अस्पताल भर्ना भएकी थिइन् ।

उक्त ब्युटी कन्टेस्टको प्रतक्ष्य प्रशारण भइरहेको थियो । कार्यक्रम हलमा उपस्थित सबै दर्शकले उक्त घटना हेरेर दंग परिरहेका थिए ।

प्रहरीले क्यारोलिन जुरीसँगै उनको एक साथीलाई पनि पक्राउ गरेको छ ।

यसअघि पुष्पिका डि सिल्भाले प्रहरी स्टेशनबाहिर पत्रकारहरुसँग भनेकी थिइन्, ‘यदि क्यारोलिनले सार्वजनिक रुपमा माफी माग्छिन् भने उनीमाथिको सबै आरोप फिर्ता लिन्छु ।’

तर क्यारोलिनले माफी माग्न इन्कार गरिदिइन् । पुष्पिका डि सिल्भाले भनेकी छिन्, ‘म उनलाई माफ गर्न सक्छु तर यो घटना कहिल्यै पनि बिर्सन सक्दिन ।’

एफपी न्युज एजेन्सीका अनुसार, यस घटनामाथि आउँदो हप्ता सुनुवाइ हुने अनुमान छ । यसैबीच क्यारोलिनलाई तारिखमा रिहा गरिएको छ ।

विवाद के हो ?

मिसेज श्रीलंकाको विजेताको नाम घोषणा भएपछि क्यारोलिन जुरीले अचानक स्टेजमा आएर भनिन्, ‘पुष्पिका डि सिल्भाको डिभोर्स भइसकेको छ, नियमअनुसार उनी यस ताजको लागि हकदार छैनिन् ।’

क्यारोलिन जुरीले भनिन्, ‘डि सिल्भा डिभोर्सी महिला हुन्, उनलाई गलत तरिकाले विजेता बनाइएको छ ।’ उनले दर्शकलाई भनिन्, ‘यस ब्युटी कन्टेस्टको नियमअनुसार, डिभोर्सी महिलाले यस प्रतियोगितामा भाग लिन पाउने छैनन् ।’

क्यारोलिन जुरीले पुष्पिका डि सिल्भाको शिरबाट विनरको ताज निकालिन् र फर्स्ट रनरअपको शिरमा लगाइदिइन् । त्यसपछि पुष्पिका डि सिल्भा रुँदै स्टेजबाट बाहिरिइन् ।

यस घटनापछि पुष्पिका डि सिल्भाले स्पष्टिकरण दिँदै भनिन्, ‘हो म श्रीमानसँग अलग बस्छु तर मेरो डिभोर्स भएको छैन । कानुनअनुसार हामी श्रीमान-श्रीमतीको रुपमा छौं ।’

यसैबीच, ब्युटी कन्टेस्टका आयोजकले पनि स्टेज, ड्रेसिंङ रुपको नोक्सान भएको र कार्यक्रमलाई बदनाम गराएको आरोपमा क्यारोलिन जुरीसँग क्षतिपुर्ति मागेको छ ।

ब्युटि कन्टेस्टको भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *