Reality tv मा “चम्सुरीसगँ चिया गफ”, निर्देशनमा समिर जोशी

ENTERTAINMENT
37 Shares

काठमाडौं । Dish Home को Reality tv मा “चम्सुरीसगँ चिया गफ” प्रशारण हुने भएको छ ।

हाल प्रशारणमा रहेको पारवारिक हास्य टेलिसिनेमा “खै! कुरा बुझेको ?” का लेखक/निर्देशक समिर जोशीको निर्देशन तथा विणभ क्रियसनको प्रस्तुतिमा “चम्सुरीसगँ चिया गफ” Reality tv मा प्रशारण हुने भएको हाे ।

विगत १५ बर्ष देखि “चम्सुरी”को उपनामले प्रख्यात हास्य कलाकार पल्पसा डंगोल अब dish home को Reality tv मा ” चम्सुरीसगँ चिया गफ” लिएर आउँदैछिन् ।

हरेक शुक्रबार साँझ ७:३० मा ” चम्सुरीसगँ चिया गफ” प्रशारण हुनेछ । कार्यक्रममा चियाको चुस्कीसँगै ख्यातिप्राप्त कलाकारसँग तिठामिठा, रमाइलो अनि घोचपेच गफगाफ हुनेछ ।

१९९५ को Miss Nepal को Best Dress उपाधि जित्न सफल पल्पसा डंगोल “चम्सुरी” अभिनयका साथै गायनमा पनि ब्यस्त छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *