अल्टिमेट हिमालयन मोटरल्याण्डको साधरणसभा सम्पन्न

NEWS
Spread the love

काठमाडौं । विश्वमा साहसिक अनि महँगो खेल भनी परिचित मोटर स्पोटर्स नेपालमा अहिले युवाहरुबिच लोकप्रिय हुँदै गईरहेको छ ।

मोटरसाइकल अनि मोटरकारको छुट्टा छुट्टै प्रकृतिमा हुने यो प्रतियोगितालाई नेपालमा पनि संस्थागत गर्न नासा नेपाल दशकौ देखी अग्रसर छ ।

हातमा गन्न सकिने केही खेलाडीहरुले राष्ट्रिय झण्डा बोकी अन्तर्राष्ट्रिय मन्चमा नेपाललाई चिनाउने काम पनि गरिरहेका छन् ।

यस कार्यलाई अझ सशक्त गरि तालिम, प्रतियोगिता लगायत रेफ्री, मार्सल, खेलाडी नै तयार गर्ने विभिन्न योजनाका साथ रेसिङ्ग सर्किट धुलिखेलमा निर्माण गरिएको छ ।

जुन संसारका रेसिङ्ग सर्किटहरुमध्ये विश्वकै अग्लो स्थानमा अवस्थित पनि छ ।

बालबालिका युवा समेतलाई नियमित खेल अनि तालिम दिन कार्ट (KART), चालक तालिमका लागि SIMULATOR सहित करिब ३५ रोपनीमा तयार गरिएको यस रेस ट्रयाक, अन्तर्राष्ट्रिय नियामक संस्था FIA तथा FIM बाट अनुवन्धित संस्था नासा नेपालबाट स्वीकृतप्राप्त नेपालको लागि एक मात्र रेसिङ्ग सर्किट हो । जसलाई ULTIMATE HIMALAYAN MOTORLAND को नाम दिइएको छ ।

साधारणसभा बाट यस ULTIMATE HIMALAYAN MOTORLAND को सञ्चालनका लागि अनिल कुमार बराल (Anil Kumar Baral) अध्यक्ष तथा दिप्रश शाक्य (Diprash Shakya) प्रबन्ध निर्देशक तथा शुशिल तण्डुकार (Sushil Tandukar) टेक्निकल निर्देशक रहने गरी ९ सदस्यीय सञ्चालक समिति गठन भएको छ ।

२० औं वर्ष अटोमोवाइल क्षेत्रमा क्रियाशिल अध्यक्ष बराल एक स्थापित उद्योगपतिका साथै रेसिङ्ग क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पटक सहभागी गराउने व्यत्तित्व समेत हुन् ।

त्यसैगरी सफल उद्योग व्यवसायिक घरानाका दिप्रश मोटर स्पोर्टस्प्रेमी तथा यस विषयमा जानकार व्यक्तित्व हुन् ।

अटो मोबाइलमा एक दशक अनुभव बटुलेका शुशिल सफल इन्जिनियर मात्र नभई मोटर स्पोर्टस्लाई नेपालमा स्थापित गर्न सुरुदेखि लाग्ने एक अनुभवी पात्र समेत हुन् ।

नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा राख्न यस प्रकारका साहसिक खेलको ठूलो योगदान रहनेमा बिश्वस्त छन्, यस संचालक समितिका अर्का सदस्य तथा नासा नेपालका सचिव निरज खडका (Niraj Khadka) ।

आशिस लामिछाने (Aashish Lamichhane) प्रमुख सल्लाहाकार रहेको यो टोलीलाई नासा नेपालका अध्यक्ष दशरथ रिसो (Dasarath Risal) ले खादा ओढाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *