आइतबार थपिए १४ सयभन्दा बढी संक्रमित

समाचार
16 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ९ हजार ७७६ पुगेको छ ।

हाल देशभर ३५ हजार १२५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ७९८ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ७३ हजार ४३० पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसँगै मृतकको संख्या एक हजार २२१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *