शुक्रबार थपिए २१ सयभन्दा बढी संक्रमित

समाचार
15 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप २१ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।

हाल देशभर ३७ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा तीन हजार ५३७ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ६८ हजार १२९ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

योसँगै मृतकको संख्या एक हजार २०२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *