covid 19

आज थपिए १९ सयभन्दा बढी संक्रमित

समाचार
18 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९१३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा दुई हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ भने निको हुनेको संख्या १ लाख ६४ हजार ५९२ छ ।

बिहीबार नेपालमा ३८ हजार ४६१ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या एक हजार १८९ पुगेको मन्त्रालयको तथ्यांक छ ।

उपत्यकामा कति थपिए ?

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार बिहीबार १ हजार ९१३ संक्रमित थपिएकामा आधाभन्दा धेरै संक्रमित उपत्यकामा छन् । उपत्यकामा थपिएकामा ४२८ जना महिला र ५४५ जना पुरुष छन्।

हाल काठमाडौंमा १७ हजार ४५ जना सक्रिय संक्रमित छन् भने भक्तपुरमा १ हजार २९२ र ललितपुरमा २ हजार ५१२ जना सक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *