काठमाडौं उपत्यकामा थपिए १२ सयभन्दा बढी संक्रमित

समाचार
21 Shares

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार २६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप एक हजार २६१ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्रै ९७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भक्तपुरमा ८१ जना र ललितपुरमा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, गएको २४ घण्टामा देशभरमा थप दुई हजार ५६९ जनामा कोरोना पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *