नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो

समाचार
26 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

हाल देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६६६ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ६२ हजार २४३ पुगेको मन्त्रालयले जनाएको छ । निको हुनेको प्रतिशत ८१.२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

योसँगै मृतकको संख्या एक हजार १७४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *