covid 19

काठमाडौं उपत्यकामा थपिए १४२० संक्रमित

समाचार
8 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४२० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, थपिएका संक्रमितहरुमा ६०३ जना महिला र ८१७ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा मात्रै १ हजार १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भक्तपुरमा ८६ जना र ललितपुरमा १९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मंगलबार देशभर थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *