मंगलबार कति थपिए कोरोना संक्रमित ?

समाचार
15 Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको छ ।

हाल देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८५३ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ६० हजार ५७७ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

योसँगै मृतकको संख्या एक हजार १४८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *