काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा तीव्र गतिमा बढीरहेको छ ।
उपत्यकाका तीन जिल्लामा देशभर भएका संक्रमितमध्ये झण्डै आधा संख्यामा कोरोना संक्रमित रहेका छन् ।
देशभर १ लाख ८८ हजार ८ सय ८३ जना कोरोना संक्रमित हुँदा काठमाडौं उपत्यकामा अहिलेसम्म ८५ हजार ६ सय ५२ जना कोरोना संक्रमित भएका छन् ।
काठमाडौंमा ६९ हजार ४ सय ७९ जना, भक्तपुरमा ६ हजार ३ सय ५३ जना र ललितपुरमा ९ हजार ८ सय ५० जना संक्रमित भएका छन् ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । देशभर १ हजार ७० जनाकोृ मृत्यु हुँदा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३ सय ९७ जनाको मृत्यु भएको छ ।
काठमाडौंमा २ सय ६२, भक्तपुरमा ६९ र ललितपुरमा ६६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा अहिले १५ हजार संक्रमित होम आइसोलेसनमा रहेका छन् । जसमा काठमाडौंमा ११ हजार ३ सय ५९, भक्तपुर १ हजार ७ सय ५० र ललितपुरमा १ हजार ८ सय ९१ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा अहिले १८ हजार ४ सय ६९ जना संक्रिय संक्रमित रहेका छन् । भने ६६ हजार ८ सय १६ जनाले कोरोना जितिसकेका छन् ।