लेट्स क्लिन अप नेपालको वार्षिक साधारणसभा सम्पन्न

NEWS

काठमाडौं । वातावरणीय क्षेत्रमा सक्रिय रुपमा कार्यरत संस्था लेट्स क्लिन अप नेपालको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार ठमेलस्थित ‘ब्ल्याक वाटर पिज्जा एन्ड कफी’मा आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले संस्थाको वार्षिक प्रगति विवरण प्रस्तुत गरे ।

परिवर्तन आफैबाट, भोलिको लागि आजैबाट सोचौं, नेपाल सफा राखौं जस्ता अभियानमा सक्रिय सहभागी भई संस्थाले हिमाल सरसफाइ र स्वास्थ्य सेवासम्बन्धी कार्यक्रममा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

हाल कोरोना भाइरसको महामारीको अवस्थामा देशको विभिन्न स्थानहरुमा नेपालको लागि खाद्यान्न कार्यक्रम सञ्चालन गरी यो संस्थाले पीडितहरुलाई खाद्यान्न समत वितरण गरेको कार्यक्रममा जानकारी गराइयो ।

अध्यक्ष श्रेष्ठका अनुसार यस कार्यक्रममार्फत देशका विभिन्न स्थानमा ५०० भन्दा बढी परिवारलाई खाद्यान्न वितरण गरिएको थियो ।

आगामी दिनमा संस्थाले वातावरण, शिक्षा र स्वास्थ्यको क्षेत्रमा सक्रिय रुपमा काम गर्ने जानकारी अध्यक्ष श्रेष्ठले दिए ।

आर्थिक वर्ष २०७६/७७ को आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको साधारणसभामा आगामी आर्थिक वर्षको लागि २० लाख बराबरको अनुमानित बजेट घोषणा गरिएको संस्थाका कोषाध्यक्ष टेकलाल श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *