काठमाडौं, २४ असोज । कोरोना भाइरस संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आइसियूमा सारिएको छ ।
अस्पताल भर्ना भएको चौथो दिनमा पनि स्वास्थ्यमासुधार नआएपछि शान्तालाई गएरातिदेखि आइसियूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ । शान्ता बीर अस्पतालमा उपचाररत छिन् ।
उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन् ।
असोज १९ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोनाको लक्षण देखिएको थियो ।
यसअघि स्तन क्यान्सरबाट समेत पीडित शान्ताले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् ।
क्यान्सर रोगको उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि उनले त्यो रकम सरकारलाई नै फिर्ता गरेकी थिइन् ।