किवानी क्लब अफ काठमाडौं हेरिटेजमा नयॉं कार्यसमिति

समाज
31 Shares

काठमाडौं, १६ असोज । किवानी क्लब अफ काठमाडौं हेरिटेजले नयॉं कार्यसमिति गठन गरेको छ ।

मौलिका देउजाको नेतृत्वमा नयॉं कार्यसमिति गठन भएको हो ।

डा। अनुपमा श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमितिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी देउजाको नेतृत्वमा रहेको कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरेको हो ।

काठमाडौंमा आयोजित कार्यक्रमा निवर्तमान अध्यक्ष डा। श्रेष्ठले देउजालाई अध्यक्षको पिन हस्तान्तरण गरेकी हुन् ।

नयॉं कार्यसमितिमा मौलिका देउजा अध्यक्ष, अजित मास्के उपाध्यक्ष, दिल प्रकाश महर्जन सचिव र बिन्दिया सिंह कोषाध्यक्ष रहेका छन् ।

साथै उक्त कार्यक्रममा नयॉं सदस्यको रुपमा चर्चित युवा गायक रूपक डोटेल, इन्जिनियर अजय राज बगाले र करॉंते प्रशिक्षक रन्जित प्रसाद सेन समेत क्लबमा आबद्ध भएका छन् ।

कार्यक्रममा डिष्ट्रिक गभर्नर मोहन लम्सालका साथै डिष्ट्रिक कमिटीका सम्पूर्ण नवनिर्वाचित सदस्यको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *