मनोरञ्जनात्मक च्यानल कमेडी प्लस सुरु

मनोरञ्जन
43 Shares

काठमाडौं । डिस मिडिया नेटवर्कद्धारा संचालित डिसहोमका डिजिटल सेवा अन्तर्गत अब नयाँ मनोरञ्जनात्मक च्यानल कमेडी प्लस शुरु गरेको छ ।

यस च्यानल मार्फत पवनकली अनलाइन, अड्डा (डीट्ठा बा द्धारा अभिनित), रुन्चे हाँसो (रमा थपलिया), दिनेश डिसीद्धारा अभिनित धारावाहिक टेलिचलचित्र ट्वाक्क-टुक्क रिटर्न र युवा कमेडियन गणेश राई र विश्वजीत देउजाको संयुक्त प्रस्तुती गोठालो बा हास्यमूलक अन्तर्वार्ता र वान जिबी शोका साथै सम्पूर्ण वर्गहरु लाई लक्षित गरेर मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिने बताइएको छ ।

पछिल्ला वर्षहरुमा नेपाली टेलिभिजन च्यानलहरुमा कमेडी मनोरञ्जनप्रति दर्शकको बढ्दो चाहनालाई ध्यानमा राखी डिसहोमले उक्त सेवा सुरु गरेको कम्पनाीका महाप्रबन्धक सञ्जयराज भण्डारीले बताए ।

डिसहोम प्रयोगकर्ताहरुले कमेडी प्लसमार्फत २४सै घण्टा कमेडी कार्यक्रम हेरेर मनोरञ्जन प्राप्त गर्न सक्नेछन् ।

कमेडी प्लस डिसहोमको च्यानल नं १०७ र सीम टीभी ११५ बाट प्रसारण भइरहेको छ ।

सो च्यानलको बजार तथा कार्यक्रम सम्बन्धी सम्पूर्ण व्यवस्थापन पायनियर मिडिया प्रा.लि.ले गरिरहेको कम्पनीका उत्पादन प्रबन्धक साङे शेर्पाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *