जसले गरिन् वीर अस्पतालको ट्रमा सेन्टरमा यस्तो हङ्गामा (भिडियो)

NEWS
Spread the love

काठमाडौं । ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा हङ्गामा भएको छ ।

नर्सिङ काउन्सिलकी सदस्यसमेत रहेकी जिता बरालले ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा हङ्गामा गरेको भिडियो सार्वजनिक भएको छ ।

गत असोज ६ गते साँझ २ घण्टा १५ मिनेटसम्म उनले वीर अस्पतालको ट्रमा सेन्टरमा अभद्र व्यवहारसहित हङ्गामा गरेको भिडियो सार्वजनिक भएको हो ।

जुम्लामा अनशन बसेका गोविन्द केसीलाई काठमाडौं ल्याइएपछि केसीको समर्थमा नाराबाजी गर्न ट्रमा सेन्टर पुगेकी नर्सिङ काउन्सिलको सदस्यसमेत रहेकी जिताले ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा रहेका चिकित्सक तथा नर्सहरुलाई थुक्ने, तथानाम गाली गर्ने र सरसामान फालेको दृश्य भिडियोमा देख्न सकिन्छ ।

डा. केसीको समर्थनमा सरकारविरुद्ध प्रदर्शन गर्न जितासहितका केही व्यक्ति राष्ट्रिय ट्रमा सेन्टर परिसरमा पुगेकी थिए । नाराबाजी गर्दासमेत अस्वभाविक हाउभाउ देखाएकी बराल त्यसपछि सेतो कोट नै लगाएर ट्रमा सेन्टरभित्र पसेकी थिइन् ।

आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै उनले भित्र गएर नाच्ने, गीत गाउने र चिकित्सक तथा नर्सलाई गालीगलौज गर्ने गरेकी थिइन् । रातोपाटीलाई प्राप्त भिडियोमा उनले डाक्टर तथा नर्सलाई थुकेको प्रष्ट देख्न सकिन्छ ।

‘सेतो कोटको शक्ति देखाउँछु’

जिताले आफूले बलात्कारीलाई मात्रै चिन्ने भन्दै पटकपटक बलात्कारी शब्दको प्रयोग गरेकी थिइन् ।

जिताको आबद्धता ट्रमा सेन्टर वा वीर अस्पतालसँग छैन । तर पनि उनी सेतो कोट लगाएर नै लगाएर ट्रमा सेन्टरभित्र छिरेकी थिइन् । उनले अस्वभाविक हर्कत देखाउन थालेपछि उनलाई शान्त गर्न डाक्टर र नर्सहरुले उनीमाथि पानी खन्याएका थिए । बरालले उनीमाथि पानी खन्याउने डाक्टर तथा नर्सलाई गाली गर्दै उनीहरुमाथि केस गर्ने र सेतो कोटको शक्ति देखाउने चेतावानीसमेत दिएकी छिन् ।

ज्ञानेन्द्रले थुम्थुमाएपछि भइन् शान्त

ट्रमा सेन्टरमा हंगामा गरेपछि बरालले ज्ञानेन्द्र शाहीलाई बोलाइदिन आग्रह गरिन् । त्यसपछि कुनै व्यक्तिले आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई फोन गरेर बोलाइ दिएपछि शाही ट्रमा सेन्टर आइपुगे । अनि शाहीले थुम्थुमाएपछि मात्रै बराल शान्त भइन् र शाहीसँगै बाहिर निस्किइन् ।

भिडियो हेर्नुहोस्ः

https://www.facebook.com/madeinnepalclub/videos/3300041570079234

Leave a Reply

Your email address will not be published. Required fields are marked *