काठमाडौं । गीतकार तथा संगीतकार प्रेम तामाङको नयाँ गीत सार्वजनिक भएको छ ।
तामाङको “खोजी हिँडेको” बोलमा रहेको गीत सार्वजनिक भएको हो ।
प्रेम तामाङको शब्द तथा संगीत रहेको गीतमा हरि गुरुङले आवाज दिएका छन् । गीतको भिडियो इजरायलको विभिन्न ठाउँमा छायांकन गरिएको छ ।
सन्तोष माबोले निर्देशन गरेको भिडियोमा प्रेम तामाङ, क्याटी क्षेत्री, अनुराज तामाङ, खुमा लिम्बू ,पासाङ शेर्पा, शिवराज खड्का, कृष्णप्रसाद शर्मा लगायत अन्य कलाकारको अभिनय रहेको छ ।
सन्तोष माबोले खिचेका भिडियो उनी आफैले सम्पादन समेत गरेका हुन् । माबो क्रिएसनको ब्यानरमा भिडियो सार्वजनिक भएको हो ।
सानै उमेरदेखि गीत संगीतमा रुची राख्ने तामाङ लामो समयदेखि वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा छन् ।
भिडियो हेर्नुहोस्ः