काठमाडौं, १६ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा ४८१ जना संक्रमित थपिएको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्र ३९३ जना संक्रमित थपिएका छन् ।
भक्तपुरमा ३० जना र ललितपुरमा ५८ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. गौतमले बताए ।
यसअघि हिजो काठमाडौं उपत्यकामा २९८ जनामा संक्रमण पुष्टि भएको थियो ।