काठमाडौं उपत्यकामा थपिए ३७७ संक्रमित

NEWS
Spread the love

काठमाडौं, ११ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौंमा मात्र २७० जना संक्रमित थपिएका छन् ।

त्यसैगरी ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए ।

हिजो बुधबार काठमाडौं उपत्यकामा ३०१ जनामा संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *