एजेन्सी । जर्मन फुटबल क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । च्याम्पियन्स लिगमा बायर्नको यो छैटौ उपाधि हो ।
पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै बायर्न उपाधि उचाल्न सफल भएको हो ।
बायर्नको उपाधि यात्रामा किङ्सले कोमानले ५९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जोसुवा किमिचको पासमा कोमानले हेडमार्फत गोल गरेका थिए ।
बायर्नले यस अघि १९७४, १९७५, १९७६,२००१ र २००१३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
पिएसजी भने पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ । पिएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको हो ।