बिहीबार थपिए ७०७ संक्रमित, उपत्यकामा मात्र २०० जना

NEWS

काठमाडौं, ४ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ७०७ जना कोरोना संक्रमित थप भएका छन् ।

योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी १३४ जना संक्रमित थपिएका छन् ।

विभिन्न प्रयोगशालामा ११ हजार ८३२ जनाको गरिएको पिसीआर परीक्षणमा ७०७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सक्रिय संक्रमित ११ हजार ५५५ जना रहेका छन् ।

उपत्यकामा २०० थपिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा मात्र १७४ जना संक्रमित थपिएका हुन् ।

त्यसैगरी भक्तपुरमा ८ र ललितपुरमा १८ जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।

यसैबीच, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *