नेपाल फाइनान्स कम्पनीमा दुई सञ्चालक नियुक्त, सर्वसाधारण सेयरधनीबाट रोजिना श्रेष्ठ

अर्थतन्त्र
14 Shares

काठमाडौं, १९ साउन । नेपाल फाइनान्स कम्पनी (NFL) को रिक्त रहेको सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने संचालक पदमा रोजिना श्रेष्ठ (Rojina Shrestha) लाई नियुक्त गरिएको छ ।

संस्थाको असार १६ गते सम्पन्न संचालक समितिको बैठकले पानस इन्भेष्टमेन्टका तर्फबाट Rojina Shrestha लाई बाँकी कार्यकालको लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।

यसैगरी स्वतन्त्र संचालक पदमा आनन्दकृष्ण ताम्राकार (Aanandkrishna Tamrakar) लाई नियुक्त गरिएको छ । Aanandkrishna Tamrakar कृषि विकास बैंकबाट अवकाश प्राप्त व्यक्ति हुन् ।

योजना आयोगका सदस्य रहिसकेका प्राध्यापक हिरेन्द्रमान प्रधान (Hirendraman Pradhan) अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया (Uddhavraj Thapaliya) रहेको कम्पनीले असार मसान्तसम्ममा २१ करोड निक्षेप संकलन गरी १२ करोड कर्जा प्रवाह भएको जनाएको छ ।

संस्थाको कमलादीस्थित मुख्य शाखा कार्यालय तथा नयाँसडकस्थित शाखा कार्यालय संचालनमा छ ।

हाल संस्थामा ७ जनाको संचालक समिति छ । अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधान (Hirendraman Pradhan), चन्द्रकुमार राई (Chandrakumar Rai), दिप्रश शाक्य (Diprash Shakya), राजन प्रजापति (Rajan Prajapati), लक्ष्मी महर्जन (Laxmi Maharjan), रोजिना श्रेष्ठ (Rojina Shrestha) र आनन्दकृष्ण ताम्राकार (Aanandkrishna Tamrakar) सहितको संचालक समिति बनेको कम्पनीले जनाएको छ।

संस्थाको साधारण सभा आगामी भदौ ११ गते बस्दैछ ।

बिगत ५ वर्षदेखि समस्याग्रस्त अवस्थामा रहेकोमा २०७६ मंसिर २५ गतेबाट नेपाल राष्ट्र बैंकबाट सशर्त फुकुवा भई संस्थाले सामान्य अवस्थामा कारोबार गरिरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *