उपत्यकामा थपिए ३१ संक्रमित

समाचार
10 Shares

काठमाडौं, १८ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र २२ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी ललितपुरमा ८ जना र भक्तपुरमा १ जना कोरोना संक्रमित भेटिएका छन् ।

मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।

यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ३४६ जना कोरोना संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *