आइतबार थपिए २४६ संक्रमित

समाचार
10 Shares

काठमाडौं, १८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस (कोभिड–१९ं) संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २४६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

यसैबीच देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६७२ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *