त्रि-चन्द्र क्याम्पस भत्काउने दुस्प्रयास नगर्न चेतावनी

समाज
671 Shares

काठमाडौं, १६ साउन । त्रि-चन्द्र क्याम्पस भत्काउने योजनाविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ऐतिहासिक महत्त्व बोकेको त्रि-चन्द्र क्याम्पस भत्काएर ‘ग्रेटर टुँडिखेल’को योजना तयार पारेको भन्दै त्रि-चन्द्र क्याम्पस, नेविसंघले विरोध गरेको हो ।

त्रि-चन्द्र क्याम्पस ,नेविसंघ सचिव विपिन ढुंगानाले त्रि-चन्द्र क्याम्पस भत्काउने योजनाविरुद्ध प्रतिकारमा उत्रने बताएका छन् ।

‘त्रि-चन्द्र क्याम्पस त्रिभुवन विश्वविध्यालयको समेत जन्मदाता हो । देश हाक्ने देखि लिएर देशलाइ सही मार्गमा डोहोर्‍याउने महान मानवहरुको नर्सरी त्रि-चन्द्र क्याम्पस हो ।’ ढुंगानाले भने, ‘यो नर्सरी मासेर खेल मैदान र टुँडिखेल बनाउने कुराको विरुद्ध अब हामी एकजुट भएर हाम्रो आवज बुलन्द बनाउनु पर्छ ।’

विद्यार्थी नेता ढुंगानाले १०२ वर्षे लामो इतिहास मेटाउने दुस्प्रयास नगर्न चेतावनी दिएका छन् ।

‘केही समूहले आफ्नो स्वार्थका लागि हाम्रो कर्मथलो मास्ने र १०२ वर्षको लामो इतिहास समेत मेटाउने दुस्प्रयास गरेर हजारौं विद्यार्थीलाई गिज्याउने प्रयास गर्दैछन् ।’ उनले भने, ‘यसका विरुद्ध सम्पूर्ण विद्यार्थीहरु एकजुट भएर प्रतिकारमा उत्रिनेछौं ।’

हाल रहेको त्रि-चन्द्र क्याम्पसको भवन भत्काएर नयाँ स्थानमा क्याम्पस सार्ने दुस्प्रयास गर्नेहरुले ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी समेत उनले दिएका छन् ।

भिडियो हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *