कोरोना भाइरसविरुद्धको खोप निर्माणमा अहिले विश्वका कैयौं देश तथा कम्पनी जुटिरहेका छन् ।
तर यी सबैका बीच अक्सफोर्ड विश्वविद्यालयले गरेको खोेप परीक्षणको सबैभन्दा बढी चर्चा छ।
उक्त विश्वविद्यालयले मानिसमा गरेको खोप परीक्षणको नतिजा प्रभावकारी देखिएको छ ।
अब सबै कुरा ठीक भएका खण्डमा कोरोना भाइरसविरुद्ध चाँडै प्रभावकारी खोप तयार हुनेछ ।
अक्सफोर्ड विश्वविद्यालयले औषधि कम्पनी एस्ट्रेजेनेकासँग मिलेर खोप बनाइरहेको छ ।
अक्सफोर्ड विश्वविद्यालयको एक टोली सारा गिलबर्टको नेतृत्वमा खोप निर्माण गरिरहेको छ ।
प्राध्यापक साराले नेतृत्व गरिरहेको अक्सफोर्ड विश्वविद्यालयको टोलीलाई कोरोना भाइरसविरुद्ध खोप निर्माणमा सबैभन्दा अग्रणी मानिन्छ ।