काठमाडौं, २ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार भक्तपुरका दुई जना र काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका दुई जना र त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका एक जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।