covid 19

शुक्रबार थपिए १०१ संक्रमित

NEWS
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ पुगेको प्रवक्ता गौतामले जानकारी दिए ।

आज २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको नमूना परीक्षण भएको उनले जनाकारी दिए ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २८५ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ११ हजार ५३४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *