क्वारेन्टाइनमा युवकले गरे आत्महत्या

समाज
7 Shares

लमजुङ, २ साउन । लमजुङमा क्वारेन्टाइनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । क्व्होलासोथार गाउँपालिका–६ पसगाउँका २३ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका हुन् ।

गत फागुनमा बुटवल गएका उनी असार ३१ गते फर्किएर वडा नम्बर ९ मा रहेको बुद्धोदय माविको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

क्वारेन्टाइनमा उनी एक्लै बस्दै आएका थिए । शुक्रबार बिहान उनी क्वारेन्टाइनको भान्सा कोठामा झुन्डिएको अवस्थामा फेला परेको लम्जुङका प्रहरी नायव उपरीक्षक गंगाबहादु थापाले जानकारी दिए ।

साल्मे भञ्ज्याङ स्वास्थ्यचौकीका इन्चार्ज सन्तोषबाबु सुवेदीदे भने, ‘उनको स्वस्थ्यबारे जानकारी लिन हामी बेलाबेलामा जान्थ्यौं । उनको स्वास्थ्य अवस्था सबै सामान्य नै थियो ।’

क्वारेन्टिनमा बस्दा उनी आफैंले पकाएर खाने गरेको उनले बताए । वडा कार्यालयले उनको लागि पकाउने र खानेको व्यवस्थापन मिलाएको थियो । क्वारेन्टाइनमा बस्दा उनले कसैसँग केही गुनासो नगरेको पनि सुवेदीले बताए ।

‘फागुन अन्तिमतिर उनी विदेश जाने भन्दै बुटवलस्थित दिदीको घर गएका रहेछन् । तर लकडाउनका कारण विदेश जान नपाएपछि उनी बुटवबाट असार १९ गते पोखरामा रहेको भाउजुको घरमा आएर बसेका रहेछन्’, प्रहरी नायव उपरीक्षक थापाले भने, ‘त्यहाँबाट उनी असार ३१ गते गाउँ फर्किएका रहेछन् ।’

पीसीआर परीक्षणको लागि उनको स्वाब समेत संकलन गरिएको वडाध्यक्ष नन्दजंग गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *