काठमाडौंमा थप दुई जनामा संक्रमण पुष्टि

समाचार
31 Shares

काठमाडौं, ३० असार । काठमाडौंमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा दुई जनालाई कोरोना संक्रमण भएको जानकारी दिए ।

काठमाडौंका संक्रमितको ठेगाना भने मन्त्रालयले उल्लेख गरेको छैन ।

यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ हजार ६१ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितहरु ६ हजार ६९५ जना रहेका छन् ।

संक्रमितको विवरण :

धनकुटा : ३
सिराहा : १
सुनसरी : १
तेह्रथुम : १
इलाम : २
झापा : १
धनुषा : २१
महोत्तरी : १९
पर्सा : २
गोरखा : २
नुवाकोट : १
काठमाडौं : २
नवलपरासी : २
रौतहट: १
सिन्धुली : १
काभ्रेपलान्चोक : २
ओखलढुंगा : १
पाल्पा : ५
सिन्धुपाल्चोक : १
सुर्खेत : १
प्युठान : ३
बाँके : १
रोल्पा :३
बर्दिया : १
दाङ : ५
अर्घाखाँची : ३
दैलेख : ६
अछाम : १४
जुम्ला : ४
कन्चनपुर : १
कैलाली : ५

Leave a Reply

Your email address will not be published. Required fields are marked *