थप ११६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार
16 Shares

काठमाडौं, ३० असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका २५ प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४ जनामात्रै उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

आजसम्म १० हजार ३२८ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए।

आज ४ हजार ३६१ जनाको नमूना परीक्षण गरिएको थियो।

नेपालमा हाल २४ हजार ७१६ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जनाकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *