बालगृहलाई लायन्स/लियो क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्ड्सको सहयोग

समाज
11 Shares

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्ड्स र लियो क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्डसले काठमाडौंको आकाशेधारास्थित केयर बाल गृहलाई खाद्यान्न तथा सरसफाई सामग्री सहयोग गरेको छ।

क्लबले शनिबार बालगृहलाई जिरो वेष्ट अन्तर्गत झाडु, कुचो, हर्पिक, फिनेल, साबुन, सरफ, डस्बिन लगायतका सरसफाइ सामग्री र हङ्गर रिलिफ अन्तर्गत चामल, दाल, चिनी, नुन, बिस्कुट, चाउचाउ, जिरामसला लगायतका खाद्यान्न सामाग्री सहयोगस्वरुप हस्तान्तरण गरेको हो ।

क्लबका अध्यक्ष लायन दिपक थापाले राहत नभएर कोशेली दिएको र नानीहरुको एक जिम्मेवार अभिभावक अथवा परिवारको सदस्यको भूमिका निर्वाह गरेको बताए ।

उनले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै प्रति आभार प्रकट गर्दै लायनवादको मुख्य उदेश्यलाई सधै आत्मसाथ गरि मानवीय सेवामा अविचलित भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमको संयोजन क्लबका सहकोषाध्यक्ष लायन दिप्रश शाक्य (Diprash Shakya) ले गरेका हुन् ।

Diprash Shakya नेपाल अटोमोबाइल्स एशोशिएन (नासा) का एक्ज्युकेटिभ बोर्ड मेम्बर तथा सिम्रीक एयरलाइन्सका सञ्चालक समेत हुन् ।

यो पनि हेर्नुहोस्ः

सहकोषाध्यक्षको जिम्मेवारीमा Diprash Shakya

क्ल्बले यस्तो विषम परिस्थितिमा बालबालिकाहरुलाई सहयोग गरेकोमा खुशी व्यक्त गर्दै कार्यक्रममा प्रमुख अथिति रहेका डिस्ट्रिक कोर्डिनेटर (इभ्यालुएशन) लायन विनय बस्नेतले युनाइटेड फ्रेन्डसको सामाजिक सेवा उत्कृष्ट रहेको बताए ।

केयर वालगृहकी सञ्चालक पुष्पा अधिकारीले लायन्स र लियो क्लबले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै सहयोगले नानीहरुको जिवनमा प्रत्यक्ष प्रभाव पर्ने बताइन् ।

डेपुटी कोर्डिनेटर (जि एम टी) लायन महेश प्रसाद पोखरेल विशेष अतिथि रहेको कार्यक्रममा एरिया चिफ लायन अमर ज्योति रन्जित, डिष्ट्रिक डिपार्टमेन्ट चिफ (लियो प्रोजेक्ट, युथ इमपावरमेन्ट र युथ सिम्पोसाइम लायन्स क्वइष्ट) लायन प्रकाश रायमाझी, युनाइटेड फ्रेन्ड्स्का चार्टर प्रेसिडेन्ट एवम् डिष्ट्रिक डिपार्टमेन्ट चिफ (जेरो वेस्ट) लायन यदुराज लामिछाने (आशिष), रिजन चेयर पर्सन लायन प्रदीप गुभाजु र एरिया सेक्रेटरी लायन शान्ती धामीको उपस्थिति रहेको थियो ।

क्लबका सचिव लायन सुरेश धमलाले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष लायन कृष्ण प्रसाद पौडेल, मेम्बर सीप चेयर पर्शन लायन भगवती घिमिरे , सर्भिस चेयर पर्शन लायन वेदनाथ ढकाल, डिरेक्टर लायन सृष्टि बज्राचार्य र डिरेक्टर लायन एकराज शिवाकोटीको समते सहभागिता थियो ।

त्यस्तै, लियो क्लबका तर्फबाट अध्यक्ष लियो स्मृती कुँवर, कोषाध्यक्ष लियो दीपा दाहाल, सदस्य लियो अमित भट्टराई लगायतको उपस्थिति थियो ।

सहयोगी महिला जागरण मञ्चबाट अध्यक्ष राधा श्रेष्ठ, कोषाध्यक्ष कृष्णदेवी शाही र स्वास्थ्यकर्मी सरीता अधिकारिको उपस्थिति थियो ।

कार्यक्रममा विषेश सहयोगीको रुपमा इको विजनेश हाउस, गुण ग्रुप, अटो नेपाल, ह्यापन वेल र एस थ्री जि इलेक्ट्रोनिक्स रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *