नेपालमा संक्रमितको संख्या १६ हजार नाघ्यो

NEWS
Spread the love

काठमाडौं, २३ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २०४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६८८ कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *