काठमाडौं, १९ असार । पछिल्लो समय पोखरामा रकमउँदै आएका पूर्व युवराज पारस शाह बशुक्रबार काठमाडौंमा देखिए ।
पारस पोखराबाट हिजो (बिहीबार) मात्रै काठमाडौं आएका थिए ।
पारस शाह शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा देखिएका हुन् ।
सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै सत्याग्रहमा बसेका युवालाई भेट्न पारस अस्पताल पुगेका हुन् ।
सत्याग्रहमा बसेका इशान अधिकारी र पुकार बमलाई पारसले अस्पतालमै पुगेर भेट गरेका हुन् ।
अस्पतालमा पारसले इशानका अभिभावकसँग पनि केहीबेर कुराकानी गरेका थिए ।
‘इनफ इज इनफ’ अभियानका अधिकारी र बम आठ दिनदेखि (पाटनमा) सत्याग्रहमा बसेका थिए ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राख्दै उनीहरु सत्याग्रहमा बसेका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुलाई उपचारका लागि ह्याम्स अस्पताल लगिएको छ ।