काठमाडौं उपत्यकामा थपिए १४ संक्रमित

NEWS

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित ३१६ मध्ये काठमाडौं उपत्यकामा मात्रै १४ जना कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १२ जना स‌ंक्रमित भेटिएको मंगलबारको प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।

काठमाडौंमा पाँच महिला र सात जना पुरुष गरी १२ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।

गौतमका अनुसार ललितपुरमा एक जना पुरुष र भक्तपुरमा एक जना महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *