निरुताको असार १५ (फोटो फिचर)

मनोरञ्जन
73 Shares

काठमाडौं । अभिनेत्री तथा गायिका निरुता क्षेत्रीले हट फोटोसुट गरेकी छन् । असार १५ को अवसर पारेर उनले फोटो सार्वजनिक गरेकी हुन् ।

किसानले असार १५ लाई ‘मानो रोपेर मुरी फलाउने दिन’ का रुपमा लिन्छन् । तर, अब यसलाई किसानको दुःख र धपेडीसँग मात्रै तुलना गर्न मिलेन । असारे हिलोमा मोडेलहरु समेत लत्पतिन थालेपछि नेपालको कृषि पेसामा अब मनोरञ्जन विधा समेत प्रवेश गरेको छ ।

विगतका दिनमा रोपार, बाउसे र हलीहरुको हुलसहित हिलाम्मे खेतमा धान रोप्न निस्किन्थे किसानहरु । यो कुनै रहर नभएर पेट पाल्नका लागि हिलोमा पस्नुपर्ने बाध्यात्कम कर्म थियो उनीहरुको ।

बदलिँदो समयक्रमसँगै रोपाइँको मौलिकता अब कस्मेटिक बन्न थालेको छ । यस्तो लाग्छ, धान रोप्ने हिलो आजभोलि बहुउपयोगी भएको छ । हिलोमा मोडलिङ गरेर चलचित्रको प्रचार गर्ने माध्यम पनि बनेको छ असारे हिलो ।

राजधानिमा सौन्दर्य व्यवसाय समेत गर्दै आएकी निरुता राम्रो ब्युटीसियन पनि हुन् । कलाकारिता र आफ्नो पेशा लाई सँगै अघि बढाएकी निरुता गायनको साथसाथै मोडलिङमा समेत सक्रिय छिन् ।

बर्दिया स्थायी घर भई राजधानीमा बसेर संघर्ष गरिरहेकी निरुता मोडलिङ तथा कलाकारीतामा रमाइरहेकी छन् ।

उनी भन्छिन् ‘गायन तथा कलाकारिता मेरो सानै देखिको रुचि हो । भविष्यमा सफल कलाकार बन्ने मेरो एकमात्र लक्ष्य हो ।’

यो हेर्नुभयो ?

हिलोमा पोखिएको निरुताको जवानी (फोटोफिचर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *