एजेन्सी । संयुक्त राष्ट्रसंघ (युएन) को कारभित्र एक जोडीले गरेको हर्कत अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
संयुक्त राष्ट्रसंघले आफ्नो कार्यालयको गाडीमा दुई कर्मचारीले गरेको यौनलिलाको घटनाले ‘स्तब्ध र गहिरो तनाव’ सिर्जना गरेको प्रतिक्रिया दिएको छ ।
ईजरायलको तेल अभिभमा संयुक्त राष्ट्रसंघको नम्बर प्लेट अंकित आधिकारिक गाडीमा यस्तो घटना भएको हो । गाडी भित्र दुई जनाको यस्तो हर्कत देखेपछि एकजनाले उक्त भिडियो खिचेका हुन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
१८ सेकेन्डको भिडियोमा सेतो कारको पछाडीको सिटमा एक पुरुष देखिन्छन् र उनको उल्टोपट्टी रातो ड्रेस लगाएकी एक महिला चलायमान देखिन्छिन् ।
यी पूरुषले टिसर्ट र कट्टु मात्रै लगाएका छन् र कारको अगाडिपट्टीको सिटमा रहेका अर्का एक पुरुष निदाएजस्तो देखिन्छन् । यसपछि कारलाई सडकतर्फ लगिएको छ ।
यी कारमा बस्नेहरु जेरुसलेमस्थित शान्ति कायम गर्ने संयुक्त राष्ट्रसंघ ट्रस सुपरभिजन अर्गनाइजेशन (युएनटीएसओ) का कर्मचारी रहेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसका प्रवक्ता स्टेफाने डुजारिकले यसलाई ‘स्तब्ध र गहिरो तनाव दिने घिनलाग्दो हर्कत’ भनेका छन् ।
उनले संयुक्त राष्ट्रसंघ जे विरुद्ध उभिएको छ, यो हर्कत ती सबै मर्म विपरीत रहेको जनाएका छन् । डुजारिकले यस विषयमा छानविन निकै चाडों सकिने अपेक्षा रहेको र यो जोडी पहिचान पहिचान हुने क्रममा रहेको जनाएका छन् ।
यसै साताको सुरुवातमा राष्ट्रसंघले यस भिडियोबारे जानकारी पाएको थियो र त्यतिबेला यो भिडियो कहाँ खिचिएको हो भन्ने विषय आफुलाई थाहा भएको जानकारी राष्ट्रसंघले दिएको थियो ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यस भिडियो हेरेपछि आफ्नो निराशा पोखेका छन् ।
https://www.facebook.com/madeinnepalclub/videos/258910865410070/
आफ्ना कर्मचारीबाट हुने यौन दुव्र्यवहारविरुद्ध संयुक्त राष्ट्रको नीति कडा भएपनि, नियम उल्लङ्घनको घटनाका कारण पछिल्ला वर्षहरुमा यस संस्थाको ठूलो आलोचना भएको छ ।
गत डिसेम्बरमा एक रिपोर्टले संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति कायम गर्न खटिएकाहरुसँगको सहवासमार्फत हैटीका महिलाले सयौं शिशु जन्मएको र त्यसपछि युवा आमाहरुसँग उनीहरुको सम्बन्ध विच्छेद भएको दाबी गरेको थियो ।
ती शिशुहरु जन्मिएपछि युवा आमाहरुलाई गरिबीमै छाडिएको टाइम्समा प्रकाशित रिपोर्टमा उल्लेख थियो ।
उरुग्वे, चिली, अर्जेन्टिना, क्यानेडा, फ्रान्सलगायत झन्डै १२ विभिन्न देशका सैनिकहरुले स्थानीय महिलालाई गर्भवती बनाएको रिपोर्टमा उल्लेख थियो ।
सहयोगका लागि खटिएका कामदारले एक दशक पहिलेदेखि शरणार्थीहरुलाई यौन सम्पर्कको साटो खानाको प्रस्ताव राखेको विषयमा पनि राष्ट्रसंघ जानकार रहेको समेत खुलासा भएको थियो ।
पश्चिम अफ्रिकी शरणार्थी शिविरहरुमा हुने ‘खानाका लागि यौन’ बारेको ८४ पृष्ठ लामो रिपोर्ट तयार गरेर २००२ मै संयुक्त राष्ट्रसंघलाई बुझाइएको थियो, तर त्यो कहिल्यै प्रकाशित भएन ।
यस रिपोर्टले ४० भन्दा बढी सहयोगी संस्थाका कामदार (जसमध्ये सेभ द चिल्ड्रेन र मेडिसिन्स सान्स फ्रन्टियर्ससहितका १५ वटा प्रमुख अन्तर्राष्ट्रिय च्यारिटी) ले युवा शरणार्थीहरुलाई यौन दमन गरेको दाबी गरेको थियो ।