काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना पुष्टि भएको छ ।
शुक्रबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५९३ जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।
जसमा १०७ महिला र ४८६ पुरुष रहेको प्रवक्ता गौतमले बताए ।
पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । जसमा १२ सय ४९ महिला र १० हजार ५०६ पुरुष रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले जानकारी दिए ।
योसँगै कोरोना निको हुनेको कूल संख्या २ हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा तीन संक्रमित
स्वास्थ्य मन्त्रालयकाअनुसार शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडौंमा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।