१६ वर्षीया स्टारले गरिन् आत्महत्या

ENTERTAINMENT
Spread the love

भारतको नयाँ दिल्लीमा एक १६ वर्षीया टिकटक स्टार एवं डान्सर सिया कक्करले आत्महत्या गरेकी छिन् ।

सियाको मृत्यु भएको उनका म्यानेजर अर्जुन सरिनले पुष्टि गरेका छन् ।

उनले सियाको सबै कामहरुको व्यवस्थापन र समर्थन गर्दै आएको बताएका छन् ।

म्यानेजर अर्जुनले राम्रो काम गर्ने सियाले केही व्यक्तिगत कारणले गर्दा यस्तो निर्णय लिएकी हुनसक्ने बताएका छन् ।

नयाँ प्रोजेक्टका अघिल्लो रात कुरा गर्दा सियाले नर्मल तरिकाले कुरा गरेको उनले बताए ।

अर्जुनल भने, “म र मेरो कम्पनी फेम विशेषज्ञहरूले धेरै कलाकारहरू व्यवस्थापन गरेका छौँ । सिया एक प्रतिभाशाली थिइन् ।”

साथी र फोटोग्राफर भाइरल भयानीले सामाजिक संजाल ट्विटरमार्फत भने, ‘एकदम दुःखद समचार १६ वर्षीया एकदमै राम्री सिया कक्करको आत्महत्यबाट ज्यान गएको छ ।’

उनले अगाडि भने, ‘यो प्रकाशित गर्नु अघि मैले उनको प्रतिभा व्यवस्थापन एजेन्सीका प्रमुख अर्जुन सरीनसँग कुरा गरें जसले गीतको सहयोगका लागि गत राति उनीसँग कुराकानी गरेका थिए । त्यतीखेर उनी एकदम राम्रो मुडमा र पूर्णरुपमा ठिक थिइन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *